१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हेलिकप्टर दुर्घटनामा भारतका पूर्वसैनिक प्रमुख बिपिन रावतको निधन



काठमाण्डौ ।
भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ सीडीएस का जनरल बिपिन रावतको निधन भएको छ ।

तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको निधन भएको हो । भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो ।

भारतीय वायु सेनाका अनुसार यो एमआई १७बी ५ हेलिकप्टर थियो । रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो ।

जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएको थियो । यो हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।

जनरल रावत यसअघि भारतीय सेनाको प्रमुख भइसक्नुभएको थियो । उहाँ सन् २०१६ डिसेम्बर ३१ तारिखदेखि २०१७ जनवरीसम्म भारतका २६ औँ सेना प्रमुख रहनुभएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७८ बुधबार ००:००  ६ : ५३ बजे