५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मेहनत नै नगरी पैसा कमाउने प्रवृत्ति हुर्कियो : अध्यक्ष नेपाल



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मेहनत नै नगरी पैसा कमाउने प्रवृत्ति हुर्किएको बताएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष नेपालले यस्तो प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए ।

“दलाल पुँजीको दबदबा बढिरहेको छ । मेहनत नगरी पैसा कमाउने प्रवृत्तिहरू हुर्किरहेका छन् । रातारात अरबपति बन्ने चाहना जागिरहेको छ । अरूलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको छ । कि अरूलाई कि देशलाई लुट्ने । यो समाप्त पार्नुपर्छ,” उनले भने ।

संघीयतामार्फत् रकम स्थानीय तहमा पुगेपनि राम्रो काम भएरनभएको अनुगन सरकार र पार्टीबाट हुन नसकेको उनले बताए । पार्टीमा पनि कार्यकर्ताले कस्तो काम गरिहेका छन् भन्ने अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले स्थानीय सरकारको कामको अनुगमन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले दैनिक ६ करोडको तरकारी आयात हुने गरेको भन्दै उक्त रकम स्वदेशमा रोक्न नसकिएको बताए ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  ४ : ३९ बजे