१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

राप्रपा अध्यक्ष लिङ्देनले गरे २४ पदाधिकारी मनोनयन



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ जना पदाधिकारी मनोनयन गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले आइतबार हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष तथा राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्रीमा मनोनीत गर्नुभएको हो ।

यसैगरी भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनयन गरिएको छ भने सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्णबहादुर चन्द मनोनीति हुनुभएको छ ।

यस्तै, सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङका साथै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनयन गरिएको लिङ्देनले जारी गरेको विज्ञप्तिमामा उल्लेख छ ।

प्रकाशित मिति : १७ माघ २०७८ सोमबार ००:००  ८ : ४९ बजे