२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

करिब ५ किलो सुन जस्तै पदार्थसहित एक चिनियाँ पक्राउ



काठमाडौं ।

अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने अर्ध ठोस पदार्थ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय चाङ ली नामक चिनियाँ नागरिक रहेका छन्।

शनिबार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनले अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय आगमन तर्फको टनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएका थिए।

यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८ आइतबार ००:००  ३ : ०९ बजे