१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

थप ५ सय ७० जनामा कोरोना पुष्टि, झन्डै २ हजार जना निको



काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नौ हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार नौ सय ९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार तीन सय ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ११ जना पुगेको छ ।

यस्तै थप दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८ बिहिबार ००:००  ५ : २३ बजे