६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट मा नेपालले आज फिलिपिन्ससँग खेल्दै



काठमाण्डौ ।

आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।

खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।

दुई समूहबाट शीर्ष दुईरदुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८ शनिबार ००:००  ७ : ०७ बजे