२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बुटवलमा बन्द गराउँदै हिँड्ने १७ जना पक्राउ



बुटवल ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलमा १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् ।

नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगरसहित १७ जना बुटवलको बसपार्क क्षेत्र पक्राउ परेका हुन् ।

बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

बन्दका कारण बुटवलसहित रुपन्देहीको जनजीवन प्रभावित भएको छ । राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८ सोमबार ००:००  २ : २२ बजे