८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा रेश्मी



कपिलवस्तु ।

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा डिबी रेश्मी चयन हुनुभएको छ । शनिबार सिद्धार्थ क्याम्पस बाणगंगमा सम्पन्न भएको नवौं जिल्ला अधिवेशनले रेश्मीको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा राजकुमार अर्याल, सचिवमा जीवन मरासिनी, सहसचिवमा प्रभात बिक्रम क्षेत्री र कोषाध्यक्षमा धनेश्वरी घर्ती चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा कृष्ण प्रसाद खनाल, कुलराज भुसाल, होतराज खनाल, इन्द्रमणि पाण्डे, रमेश पौडेल, गिरीराज पोख्रेल, वेदप्रकाश पन्थी, टुकप्रसाद अधिकारी, शुशीला आचार्य, तुल्सी खनाल, ईश्वरी प्रसाद भुसाल, दिपक प्रसाद भुसाल, गिरीराज पोख्रेल र अम्बिका अर्याल हुनुभएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यता तथा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्यद्वय बालाराम ज्ञवाली र सिता अर्यालको विशिष्ट आतिथ्यता रहेको उक्त अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पौडेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य शंकर पाण्डे, जिल्ला सदस्य एवं नेपाल बुद्धिजीवी परिषद् सहइन्चार्ज द्रोण अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश उपाध्यक्ष जगन्नाथ मरासिनी, नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण पौडेल र सिद्धार्थ क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद खनालको आतिथ्यता रहेको थियो ।

अधिवेशन डीवी रेश्मीको अध्यक्षता, कृष्णप्रसाद खनालको स्वागत र प्रभात विक्रम क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८ आइतबार ००:००  १० : ०० बजे