५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उपेन्द्र यादव र रेणु यादव कपिलवस्तु आउदै



कपिलवस्तु ।

जनता समाजवादी पार्टी, नेपालका पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव कपिलवस्तु आउनु हुने भएको छ ।

जसपा नेपाल क्षेत्र नं.३ को आयोजनामा कृष्णानगरमा चैत्र १२ गते हुने पार्टी प्रवेश कार्यक्रम तथा विशाल आमसभामा उपेन्द्र यादव आउनु हुने जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।

उक्त सभामा जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव कपिलवस्तु आउने जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो ।


कृष्णनगरका युवा नेता श्याम कुमार मिश्र लगायत हजारौं कार्यकर्ता जसपा नेपालमा प्रवेश गर्ने भएकोले कार्यक्रममा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र मन्त्री रेणु यादव आउने जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य रहिश शाहले जानकारी दिनुभयो ।

कार्यक्रमको लागि तयारी सुरु गरेकोले सबै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारीपुर्वक कार्य गर्न प्रदेश सदस्य शाहले अनुरोध गर्नु भयो ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ८ : ३० बजे