८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

एमाले कपिलवस्तुद्धारा होली पर्वको शुभकामना



कपिलवस्तु ।

नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले हिन्दु धर्मावलम्बिहरुको महत्वपूर्ण पर्वको रुपमा लिइने होली (फागु पूर्णिमा) पर्व २०७८ सालको पावन अवसरमा एक प्रेस विज्ञप्ती शुभकामना सन्देश जारी गर्नु भएको छ ।

जिल्ला अध्यक्ष शर्माद्धारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली प्रति सन्देश मार्फत सु स्वास्थ्य एवम् समृद्धिको कामना गर्नु भएको छ ।

रंगहरुको यस पर्वले नेपाली मौलिक संस्कृतिको विकास, प्रर्वधन, मानव जातिको सभ्यताको विकासका निम्ति महत्वपूर्ण भूमिका राख्ने शुभेच्क्षा प्रकट गर्दछौ भनिएको छ । अध्यक्ष शर्माले यस पर्वसंगै राजनैतिक दलहरुमा देखिएको कटुताको अन्त्य गर्दै एक अर्का बीच भाइचारा, सदभाव विकासका निम्ति होली पर्वले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्दछौ भनिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।
होली वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाका दिन मनाइने गरिन्छ । होली पर्व नेपालका हिमाली, पहाडी तथा तराई सबै क्षेत्रमा क्षेत्रमा उत्तिकै महत्वका साथ मनाउने मनाउने गरिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८ बिहिबार ००:००  ७ : ४८ बजे