८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

निर्वाचन आयोगले कानुन उल्लंघन गर्‍योः विष्णु रिमाल



काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि जनाएका छन्।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने शर्त व्यवहारिक नभएको भन्दै उनी असन्तुष्टि जनाएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै प्रश्नसमेत गरेका छन्।

उनले लेखेका छन्, प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किनरु निर्वाचनमा जादा पदको दुरुपयोग नहोस्, सोच्नु पर्ला। तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’

निर्वाचन आयोगले कानुनको उल्लंघन गरेको पनि रिमालको आरोप छ। रिमाल थप लेख्छन्, ‘निर्वाचन आयोग( कुनैपनि सेवा अवरुद्ध नहोस भनेर अवधी सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन बिपरित पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्नेरु’

प्रकाशित मिति : ४ चैत्र २०७८ शुक्रबार ००:००  ८ : ४३ बजे