८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023

जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य चौधरीसहित एकसय बढी नेकपा एस प्रवेश



कपिलवस्तु ।

जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटीका सदस्य जीत बहादुर चौधरी नेकपा एस प्रवेश गर्नुभएको छ । नेता चौधरीलाई आज एक कार्यक्रमका बीच नेकपा एसमा स्वागत गरिएको थियो ।

आइतबार (आज) कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदीमा एक कार्यक्रमको आयोजना गरि चौधरीलाई पार्टी जिल्ला उपाध्यक्ष गीता अन्जान, पार्टी जिल्ला सचिव ओमप्रकाश कुर्मी, जिल्ला उप–सचिव कमल भट्टराई लगायतले स्वागत गर्नुभयो । चौधरीसङ्गै विभिन्न पार्टी परित्याग गरि एक सय बढी नेता तथा नेकपा एसमा समाहित भएको जिल्ला उपाध्यक्ष गिता अन्जानले बताउनुभयो ।

नगर कमिटी अध्यक्ष महोम्मद रफिक अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपसचिव शिव प्रसाद मुराउ लगायत मन्तव्य राख्नु भएको थियो भने संचालन जिल्ला कमिटी सदस्य दीपक अनुरागीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८ सोमबार ००:००  ३ : ०७ बजे