१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

उडिरहेको बुद्ध एयरको एक यात्रुलाई स्वास्थ्य समस्या भएपछि आकस्मिक अवतरण



काठमाडौँ ।

धनगढीबाट बुधबार काठमाडौँ उडेको बुद्ध एयरको जहाजका एक यात्रुलाई स्वास्थ्यमा समस्या आएपछि उक्त जहाज आकस्मिक रुपमा नेपालगञ्जमा अवतरण गराइएको छ।
धनगढीबाट काठमाडौंका लागि उडेको जहाजमा यात्रा गरिरहेका एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि उक्त जहाज नेपालगञ्जमा अवतरण गरिएको हो।
नेपालगञ्ज विमानस्थलमा ती यात्रुका लागि स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । यद्यपि विमानस्थलमै ती यात्रुको स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जानकारी दिएको छ।
ती यात्रीलाई नेपालगञ्जमै आफन्तको जिम्मा लगाएको पनि बुद्ध एयरले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८ बुधबार ००:००  ३ : २९ बजे