६ असार २०८३, शनिबार | Sat Jun 20 2026

भक्तपुरमा रातको २ बजे आठ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ



भक्तपुर ।

भक्तपुरमा हिजो मङ्गलवार राति २ बजेको समयमा आठ लाख रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

राति २ बजे चाँगुनारायणको नगरकोट गैरीगाउँमा मनबहादुर तामाङको घरमा होहल्ला गरी कौडा खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेर आठ लाख २२ हजार रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १६ थान कौडा पनि बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८ बुधबार ००:००  ४ : १२ बजे