मायादेवी अनलाइन, तौलिहवा ।
आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धन बीच चुनावी तालमेलको तयारी भैरहेको बेला नेपाली कांग्रेस कपिलवस्तु नगर समितिले गठबन्धन नगर्ने निर्णय गरेता पनि अन्ततः गठबन्धन बैठकमा सहभागीता जनाएको छ ।
कपिलवस्तु जिल्लाभर ५ दलिय गठबन्धन गरी चुनाव लड्ने तयारी भैरहेको बेला कांग्रेस कपिलवस्तु नगर समितिले भने त्यसका विरुद्धमा विज्ञप्ति नै जारी गर्दै नगरमा कुनै पनि दलसंग गठबन्धन नगर्ने जनाएको थियो ।
यो पढ्नुहोस् स्थानीय चुनावमा गठबन्धन गर्न नहुने कांग्रेस कपिलवस्तु नगर समितिको सुझाव
कपिलवस्तु नगर भित्र कुनै पनि गठबन्धन नगर्ने बताएको कांग्रेस नगर समितिले केन्द्र, प्रदेश र जिल्लाको निर्णय कार्यान्वयन गर्ने जनाएको हो ।
विहीबार बसेको ५ दलिय नगरस्तरिय गठबन्धन बैठकमा पार्टी केन्द्रको भावना अनुसार चल्ने कांग्रेसले बताएको गठबन्धन निकट दलका नेताहरुले बताएका छन् ।
चैत्र २० गते जिल्लास्तरमा ५ दलिय गठबन्धन दलहरुको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले जिल्लामा गठबन्धन गर्दै स्थानीय चुनाव जाने सैद्धान्तिक सहमति भएको थियो । सोही निर्णय अनुसार हरेक पालिकामा पुगि पार्टी नेता तथा कार्यकर्ताको राय सुझाव संकलन गर्ने बैठकले निर्णय गरेको थियो ।
तर चैत्र २० गते नै बसेको कांग्रेस कपिलवस्तु नगर समिति बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने निर्णय गरेको थियो ।
यस निर्णय प्रति पार्टी भित्र र गठबन्धन दलका नेताले आपत्ति जनाए पछि कांग्रेस कपिलवस्तु नगर समिति लचक भई गठबन्धन दलको बैठकमा सामेल भएको छ ।
विहीबार बसेको कपिलवस्तु नगर स्तरिय गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, राष्ट्रिय जनमोर्चाका नेताहरुले नगर भित्र गठबन्धनको भावना अनुसार एकजुट हुने निर्णय गरेका छन् ।
प्रतिक्रिया