२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

गुल्मीको मदानेमा एमालेले प्रेम केसीलाई उठाउने



काठमाडौं ।
गुल्मी मदाने गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमालेले प्रेम केसीको नाम सिफारिस भएको छ ।

पालिका कमिटी अध्यक्ष रहेका केसीको नाम प्रदेश कमिटीले टुंगो लगाएको हो । उपाध्यक्षमा जिल्ला कमिटी सदस्य सरीता खड्कालाई उठाउने निर्णय गरेको छ । उनी अघिल्लो स्थानीय चुनावमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

सत्तारुढ गठबन्धनले भने अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । एमालेले अध्यक्षमा सिफारिस गरेका केसी अहिले गाउँमै कृषि व्यवसायमा संलग्न छन् ।

जनता समाजवादी पार्टीले भने राजेन्द्र जीसीलाई अघि सारेको छ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा भने साझा उम्मेदवार तय गर्ने गरी छलफलमा जुटेका छन् । यो पालिकामा २०७४ को निर्वाचनमा एउटा वडाबाहेक सबै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  १२ : ०६ बजे