१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

रुपन्देहीका हरि लम्सालले दिए कांग्रेसको क्षेत्रिय सभापतिबाट राजीनामा



बुटवल ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएका छन्।

स्थानीय तहको निर्वाचनको विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरि शुक्रबार राजीनामा दिएका हुन् ।

बुटवल उपमहानगरपालिकाको प्रमुखमा आकांक्षी समेत बनेका लम्सालले जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका हुन् ।

उनले पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेर अरू नेता तथा कार्यकर्ताको भावनामा ठेस पुर्‍याएको दाबी गरेका छन् ।

‘नगर सभापतिले एकलौटी रूपमा आफैंलाई उम्मेदवार सिफारिस गरेकोबारे आवाज उठाउँदासमेत पार्टी नेतृत्वले बेवास्ता गरेको छ, यसले इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व रहेनछ भन्ने निष्कर्ष निकालेर राजीनामा दिन बाध्य भएको छु,’ राजीनामा पत्रमा उनले उल्लेख गरेका छन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति भईसकेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ९ : ०८ बजे