४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सन्धिखर्कमा मेयरसहित २१ जनप्रतिनिधिले दिए राजीनामा



अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख कमल प्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् ।

नगर प्रमुख भुसालले उप-प्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजिनामा स्वीकृत गरेपछि नगर प्रमुख भुसालले उप-प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

नगर प्रमुख भुसाल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । भुसाल नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ९ : १२ बजे