२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

शिवराजमा समाजवादीबाट मेयरमा खत्री र माओवादीबाट उप- मेयरमा पुनले दिए उम्मेद्वारी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको छ ।

सोमबार दुई दल बीच चुनावी तालमेल भए लगत्तै समाजवादीबाट क्षेत्र बहादुर खत्रीले मेयर र माओवादीबाट दिनेश पुनले उप-मेयरमा उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

समाजवादीबाट मेयरमा उम्मेद्वारी दिएका खत्री पार्टीका केन्द्रीय सदस्य हुन् भने, जिल्ला इन्चार्जको भूमिकामा छन् । ०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालिन विरपुर गाविसको अध्यक्ष भएर काम गरेका खत्री चन्द्रौटा क्षेत्रका लोकप्रिय नेता हुन् । उनी गाविस अध्यक्ष हुँदा विरपुर गाविस जिल्लाबाट पटक पटक उत्कृष्ट भएको थियो ।

बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावमा मेयर पदमा उम्मेद्वारी दिएका खत्री बलिया उम्मेद्वार हुन् ।

यता माओवादीबाट उप-मेयरमा उम्मेद्वारी दिएका दिनेश पुन युवा नेता हुन् । १० बर्षे जनयुद्धमा सामेल भएका पुन माओवादीको प्रभाव क्षेत्र मानिएको शिवगढीका स्थायी बासिन्दा रहेका छन् । उपमेयरका बलिया उम्मेद्वार समेत रहेका पुन विकासप्रेमी नेता हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ७ : ०१ बजे