४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगामा ४ दलीय गठबन्धनले शनिबार विहान घोषणापत्र सार्वजनिक गर्ने



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ४ दलीय गठबन्धनले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । गठबन्धन अन्तरगत रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको बिहीबार भएको संयुक्त बैठकले बैशाख १७ गते शनिबार विहान साढे ८ बजे घोषणापत्र सार्वजनिक गर्ने र जितपुरमा कोणसभा गर्ने जनाएको हो ।

यसका साथै निर्वाचनको प्रचारप्रसारलाई तिव्र बनाउन विभिन्न समिति गठन गरिएको छ । जसअनुसार टेकेन्द्र कुमार क्षत्रीको संयोजकत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा दिपक अनुरागी, कपिल खनाल, र जेपी खनाल रहनुभएको छ ।

यस्तै नारायण खनालको संगोजकत्वमा घोषणा पत्र निर्माण र छपाई समिती गठन गरिएको छ । जसको सदस्यमा शशी सापकोटा र दिपक अनुरागी रहनुभएको छ । साथै डिलाराम भुसालको संयोजकत्वमा मिडिया परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा मोहन बेल्वासे, हरि घिमिरे, दिपा महत, राजेन्द्र खनाल र भगवती न्यौपाने रहनुभएको छ ।

यसैगरी नारायण भुसालको संयोजकत्वमा मतदाता शिक्षा तथा अनुगमन समिति गठन गरिएको छ भने नारायण अर्यालको संयोजकत्मा आर्थिक परिचालन समन्वय समिति र रामप्रसाद गैरेको संयोजकत्वमा कार्यालय ब्यवस्थापन तथा अनुगमन समिति गठन गरिएको छ ।

यहीँ बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकामा ४ दलीय गठबन्धन भएको हो । गठबन्धनले नगर प्रमुखमा माओवादीका देवराज अर्याल र उपप्रमुखमा नेकपा (एस)का कमल भट्टराईलाई उम्मेदवार बनाएको छ । यसैगरी ११ वटै वडामा सबै ४ वटै दलबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार रहेका छन् । वाणगंगाका सबै वडाहरुमा प्रचारप्रसार अभियानलाई तिव्र पारिएको छ भने संयुक्त घरदैलो अभियान पनि जारी राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  १ : १० बजे