१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

वाणगंगा ५ मा गठबन्धनको सम्पर्क कार्यालय स्थापना, उम्मेद्वार घरदैलो अभियानमा



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ५ मा ४ दलिय गठबन्धनको सम्पर्क कार्यालय स्थापना गरिएको छ । कार्यालयको शनिबार राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले उद्घाटन गर्नुभएको थियो । वाणगंगा नगरपालिकामा ४ दलिय गठबन्धन अन्तरगतका माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र जसपाले नगरपालिकामा संयुक्त चुनावी कार्यक्रम गरेको छ ।

यसैगरी प्रत्येक वडाहरुमा घरदैलो अभियानलाई पनि तिव्र पारेको छ । कार्यक्रममा वाणगंगा नगरप्रमुखका उम्मेद्वार देवराज अर्याल, उपमेयरका उम्मेद्वार कमल भट्राईले बोल्दै शिक्षा, स्वास्थ्य रोजगारी र सुसाशनका निम्ती गठबन्धनका साझा उम्मेद्वारलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार जयकरण चौधरी, वडा सदस्यका उम्मेदवार लगाएको उपस्थिती रहेको थियो । माओवादि वडा कमिटी अध्यक्ष जगत पौडेलको स्वागत मन्तब्यमा र सन्चालन पुष्कर भुषालले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ५ : ४८ बजे