१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिद्धार्थ बचत तथा ऋण सहकारीद्धारा ३२ सदस्यलाई पारिवारिक योजना हस्तान्तरण



मायादेवी अनलाइन ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले ३२ जनालाई पारिवारिक योजना निर्माण गरि हस्तान्तरण गरेको छ । वडा नम्बर ७ बनगाइका ३२ जना सदस्यहरुलाई पारिवारिक योजना हस्तान्तरण गरिएको सहकारीका ब्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभयो ।

सहकारीले सदस्यहरुलाई लक्ष्यमा आधारित बनाउन सके बल्ल संस्था भएको अर्थ हुने र त्यसैलाई अगाडी बढाउन पारिवारिक योजना अबस्यक पर्ने शर्माको भनाई छ ।
समुन्नत जीवन सुखी परिवार प्रत्येक सदस्य लाई बनाउने संस्था लक्ष्य अनुसार उक्त कार्य गरिएको हो ।
पारिवारिक योजनामा मुख्य सदस्यको परिकल्पना, लक्ष्य, उद्देस्य, कार्यक्रम र योजना तथा योजनाको लेखजोखा आदि पर्दछन् ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक हरिलाल शर्माले गर्नु भएको थियो भने कार्यक्रमको ब्यबस्थापन संस्थाकि कर्मचारी मधु रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा संचालक समिति सदस्य पार्वती सुनार लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ६ : ०१ बजे