२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार नेत्र गिरीको पक्षमा देखिएको जनलहर



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ७ मा नेत्र गिरीको पक्षमा जनलहर देखिएको छ । वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार गिरीसहितको ५ सदस्यीय टिमको पक्षमा जनलहर देखिएको हो ।

वडाबासी स्वत स्फूर्त नेत्र गिरीको पक्षमा देखिन थालेका छन् । गिरी त्यस क्षेत्रका प्रभावशाली नेता हुन् । ०४३ सालमा सानै उमेरमा जनपक्षिय उम्मेद्वार बनेर जित हासिल गरेका गिरी ०४९ र ०५३ को साविक मोतिपुर गाविसको अध्यक्ष समेत हुन् ।

मोतिपुरको विकासमा उनले स्वर्णीम इतिहास लेखाउन सफल भएका गिरी एमालेले यो निर्वाचनमा टिकट वितरण गर्दा अन्याय गरेको भन्दै छाता चुनाव चिह्न लिएर होमिएका छन् ।

घरदैलोमा मत माग्न व्यस्त देखिएका गिरीलाई माओवादी केन्द्र, समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ । ४ दलीय गठबन्धनको समेत साथ पाएका गिरी एमाले र कांग्रेसका उम्मेद्वारसंग प्रतिस्पर्धामा छन् ।

वडा नं. ७ मा एमालेका पुराना नेताको समर्थन नेत्र गिरीलाई बलियो गरि छ । कतिपय खुलेरै नेत्र गिरीको प्रचारमा लागेका छन् भने कतिपय मौन समर्थन गरेका छन् । आधा एमाले कार्यकर्ता, आम मतदाता र ४ दलीय गठबन्धनको समर्थन पाएका गिरीले एमालेले गरेको अन्यायलाई वडाबासीले न्याय दिनेमा विश्वस्त रहेको बताउँछन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  ८ : १६ बजे