७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुको महाराजगञ्ज र दाङको तुलसीपुर–१७ बाहेक सबै स्थानमा मतदान



काठमाडौं ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार अन्य क्षेत्रमध्ये केही स्थानमा छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ।

अपरान्ह २ बजेसम्म देशभर ४१ प्रतिशत मदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार केही स्थानमा झडप र विवादले मतदान प्रक्रियामा अवरोध आएको छ। ती स्थानमा पुनः मतदान कार्य सुचारुका लागि प्रयास भइरहेको छ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगर १७ मा नयाँ निर्वाचन कार्यतालिका अनुसार जेठ ३ गते निर्वाचन हुने बताइएको छ।

कपिलपस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरका उम्मेदवार र तुलसीपुर उपमहानगर–१७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि नयाँ निर्वाचन कार्यतालिका अनुसार निर्वाचन हुने भएको हो।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  २ : ४८ बजे