३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

अब ६८ वर्षमै वृद्ध भत्ता



काठमाडौँ ।
सरकारले वृद्धभत्ता दिने उमेर घटाएको छ । यसअघि ७० वर्षमा दिंदै आएको वृद्धभत्ता आगामी आवदेखि ६८ वर्षमा प्रदान गर्ने सरकारले जनाएको छ ।

वृद्धभत्ता लगायत भत्ता नलिने घोषणा गर्ने व्यक्तिलाई चाहिँ सरकारले सम्मान गर्ने भएको छ । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ६७ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड र स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। स्वास्थ्य बिमा कार्यक्रम ७ अर्व ५० करोड छुट्टाइएको छ।

त्यस्तै सरकारले विपन्नलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ। एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालन गरिने, केन्द्र र प्रदेशका २० अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिने उनले बताए।

मानव विकास सूचकांकमा पछि रहेका २५ जिल्लाका सुत्केरीलाई एकमुष्ट ५ हजार रुपैयाँ दिइने सरकारले जनाएको छ।

सरकारले मृर्गौल, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिने घोषणा पनि गरेको छ। उक्त कार्यक्रमका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो।

सरकारी स्वास्थ्य संस्थामार्फत सरकारले ९८ औषधि निःशुल्क दिने भएको छ। पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम सुरु भएको छ। पिछडिएका २५ जिल्लाका सुत्केरीलाई ५ हजार पनि दिइने बजेटमा घोषणा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ५ : ३७ बजे