७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकीकृत समाजवादी कपिलवस्तुको उप-सचिवमा पौडेल



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कपिलवस्तुको उप-सचिवमा सरोज कुमार पौडेलले जिम्मेवारी पाएका छन् ।

मंगलबार बाणगंगामा बसेको जिल्ला सचिवालय बैठकले पौडेललाई जिल्ला उप-सचिवको जिम्मेवारी दिएको हो ।

युवा नेता समेत रहेका पौडेल पार्टीका जिल्ला सचिवालय सदस्यमा क्रियाशिल थिए ।

पार्टीको विधान अनुरुप पौडेललाई उप-सचिवको जिम्मेवारी बैठकले प्रदान गरेको पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिए ।

समाजवादीको विधानमा २ जना उप-सचिव रहने व्यवस्था छ । यस भन्दा अगाडी जिल्लाको उप-सचिवमा कमल भट्टराईले जिम्मेवारी पाइसकेका छन् ।

समाजवादीको अध्यक्ष हमाल, उपाध्यक्षमा गीता अन्जान, नेत्रलाल खनाल, सचिवमा ओम प्रकाश कुर्मी जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  ६ : ३६ बजे