३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

असोजमा महाधिवेशन गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय



काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य ओम पुनले असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताए ।

नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा बहुमत बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो।

जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ८ : ४४ बजे