७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पोग्बाले छाडे म्यान्चेस्टर युनाइटेड



काठमाडौं ।
फ्रान्सका स्टार खेलाडी पाउल पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन् ।

सम्झौता अवधि सकिएसँगै उनले निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ ।

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्बाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाइटेडमा आबद्ध भएका थिए ।

म्यान्चेस्टरका लागि पोग्बाले २२६ खेलमा ३९ गोल गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ६ : २३ बजे