१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा



काठमाण्डौ ।

युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ ।

विजेता टोली कतार विश्व कपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे ।स्कटल्यान्डका कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काए । रुस–युक्रेन युद्धका कारण यो खेल सरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ७ : २९ बजे