५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चीनमा दुई शक्तिशाली भुकम्प, ४ जनाको मृत्‍यु



काठमाडौं ।

चीनको सिचुआन प्रान्तमा अवस्थित याआन सहरमा बुधबार गएको दुई शक्तिशाली भुकम्पमा परी कम्तीमा ४ जनाको मृत्‍यु भएको छ भने १४ जना घाइते भएका छन् ।

चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जानकारी गराएअनुसार लुसान काउन्टीमा साँझ ५ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको तीन मिनेटपछि सहर नजिकैको बाओक्सिङ काउन्टीमा पनि ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पले रेल मार्ग र केही घरहरुमा समेत क्षति पुर्याएको मिडिया रिपोर्टमा उल्लेख छ ।
भुकम्पपछि सिचुआन प्रान्तीय भूगर्भीय प्रकोप व्यवस्थापन कार्यालयले आगामी २४ घण्टामा यानका पाँच र चेङ्दुका दुई लगायतका सातवटा काउन्टी९स्तरीय क्षेत्रहरू भौगोलिक विपद्को अपेक्षाकृत उच्च जोखिममा रहेको जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ३ : ४९ बजे