५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अमेरिकामा फेरि अर्को गोलीकाण्डः तीनजनाको मृत्यु



होस्टन
अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीनजनाको मृत्यु भएको छ ।
बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो । एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।
सो अस्पतालको नाताली मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएका थिए । सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ । सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ ।
केही दिनअघि मात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ जनाको ज्यान गएको थियो । रासस, सिन्ह्वा

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ३ : ५२ बजे