७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मेयर बालेनले रियालिटी शो ‘नेपहपको श्रीपेच’ नछोड्ने



काठमाडौं ।

काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन्।
काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्‍याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए।
उनले बालेन कार्यालयको काममा निकै व्यस्त भएता पनि शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएको बताए।

‘बालेन मेयरका रूपमा निकै व्यस्त हुनुहुन्छ’ उनले भने, ‘आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर शोमाको जजको भूमिका निर्वाह गर्नुभएको छ। उहाँ मेयर भइकन पनि एउटा एपिसोड छाँयाकन गरिएको प्रसारण गरिसकेको बताए।’
बालेनको व्यस्ततालाई ख्याल गर्दै सुटिङको समय सजिलो हुने गरी निर्धारण गरिएको उनले बताए।
उनले कार्यक्रमको एग्रिमेन्टअनुसार नै बालेन निर्णायकको रूपमा निरन्तरता भएको बताए।
शोको निर्णायक मण्डलमा मानस घले र गिरीश खतिवडा दुई र्‍यापर समेत छन्। ग्रान्ड फिनाले असार १४ गते हुने खड्काले बताए।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ४ : १६ बजे