१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अल स्टार्ससँगको अभ्यास खेलमा नेपाल पराजित



काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमानसँगको खेल अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।
गएराति भएको खेलमा नेपाल अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४५ ओभर पाँच बलमा १ सय ९० रनमा अलआउट भयो । नेपालका आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै विनोद भण्डारीले २६, करण केसीले २१, देभ खनालले २०, रोहित पौडेल र आदिल अन्सारीले समान १६ रन बनाए । अल स्टार्सका मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले दुईरदुई विकेट लिए । १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले । एन्द्रियस गोउस ४५ रनमा आउट भए । गौरव बजाज ४० रनमा अविजित रहे । नेपालका कप्तान सन्दीप लामिछानले ५ विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : २१ बजे