२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

एमाले सत्ता परिवर्तनको खेलमा छैनः महासचिव पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन्। सरकार परिवर्तनको चर्चा चलिरहँदा एमाले महासचिवको यस्तो अभिव्यक्ति आएको हो।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन। विकास र समृद्धिका लागि बलियो शक्ति निर्माणको तयारीमा जुट्दैछ।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको सार्वजनिक रुपमै बताउन थालेपछि नेपाली राजनीति फेरि चर्चामा रहेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले ठूलो पार्टी बनेर दम्भ देखाए एमाले अध्यक्ष ओलीलाई हटाएजस्तो सत्ताबाट हटाउने धम्की दिइरहेका छन्।

कांग्रेसले भने आगामी निर्वाचनका लागि सिटका लागि प्रचण्डले बार्गेनिङ गरेको र आफूहरु हार्ने तर जनता विरुद्ध नजाने बताउँदै आएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : ४० बजे