४ असार २०८२, बुधबार | Wed Jun 18 2025

कपिलवस्तुका युवा नेता ज्ञवालीले गरे प्रधानमन्त्री देउवासँग भेटवार्ता



मायादेवी अनलाइन, जितपुर ।

नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । भेटको क्रममा ज्ञवालीले कपिलवस्तु जिल्लाको समग्र अवस्था र विकास केन्द्रित छलफल गर्नुभएको छ ।

लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य समेत रहेका ज्ञवालीले विशेष गरी लुम्बिनी र बुद्ध सम्पदाबारे आफूको विगत देखि चासो रहेको र काम गर्दै आएकोले प्रधानमन्त्री देउवाले भारतीय मूलका प्रधानमन्त्री नरेन्द्र मोदीलाईलाई पहिलो पटक लुम्बिनी भ्रमण गराउन सफल भएकोमा विशेष धन्यवाद ज्ञापन गरेको बताउनुभयो।

ज्ञवाीलेले भेटमा कपिलवस्तुको समग्र पार्टी भित्रको राजनैतिक अवस्था, विकास र प्राचीन बुद्ध सम्पदाहरुको संरक्षण र विकास केन्द्रित छलफल गर्नुका साथै एक–दुई देशका राजदूतहरुसँग कपिलवस्तुको विकासका लागि छलफल गरी गृह जिल्ला कपिलवस्तु फर्किने बताउनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  १२ : १० बजे