५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

‘कवड्डी ४’ले पहिलो सातामा ११ करोड बढी रकम कमायो



काठमाडौं ।

फिल्म ‘कबड्डी’ को चौथो श्रृंखला ‘कबड्डी ४’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । राम्रो व्यवसाय गर्दै फिल्म दोस्रो सातामा प्रवेश गरेको हो । फिल्मले अहिलेसम्म ११ करोड बढी कमाएको निर्माण युनिटले जनाएको छ ।

मल्टिप्लेक्स राम्रो शो पाएको फिल्मले रिलिज पछि भने दर्शकको प्रतिक्रिया मिश्रित पाएको छ । कतिपयले फिल्म राम्रो भनेका छन् भने कतिपयले कबड्डी सिक्वेलको कमजोर फिल्म बताएका छन् । कतिले फिल्मको कथा सामान्य भएपछि सम्वाद दमदार भएको धारणा केहीको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे लगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी –४’लाई ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  २ : ११ बजे