६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढ्यो



काठमाण्डौ ।

नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्धन इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको हुँदा निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो, निगमले भनेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर आठ, डिजल र मट्टीतेलमा प्रतिलिटर १२ र १२ रुपैयाँ बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९ शुक्रबार ००:००  ६ : १२ बजे