२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

एकीकृत समाजवादीद्वारा संगठन विस्तारको तीन महिने अभियान शुरू



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तार साथै पार्टी सदस्यता वितरणलाई जोड दिएको छ।

पार्टीका महासचिव डा बेदुराम भुसालको अध्यक्षमा बिहीबार बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

अन्तर संगठन निर्देशन पठाउँदै पार्टीको केन्द्रीय संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चा जनसंगठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ।

त्यस्तै, असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न पनि निर्देशनमा भनिएको छ।

एमालेसँगको विद्रोह गरेको छोटो अवधिमा नै पार्टी मजबुत हुँदै गरेको निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  ६ : ११ बजे