७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

माओवादी नेता कृष्ण कुँवर कपिलवस्तुबाट प्रदेश सभामा उठ्ने



कपिलवस्तु ।
समाजसेवी तथा म्यानपावर ब्यवसायी कृष्ण कुँवर प्रदेश सभा सदस्यमा उठ्ने भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा स्थायी घर भएका कुँवर क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ उठ्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले कुँवरलाई टिकट दिने नदिने एकिन छैन । यद्यपी आफूले आन्तरिक रुपमा चुनावी तयारी सुरु गरिसकेको उनले दैनिक अनलाइनसंग बताए ।

कुँवर माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल बलदेव निकट मानिन्छन् । यस अघि बलदेवलाई चुनाव जिताउन कुँवरले ठुलो योगदान दिएका थिए । उनको पार्टीमा पनि बलियो पकड छ ।

कपिलवस्तु्मा लामो समय माओवादी राजनीति गरेका कुँवरको वैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि मेयरमा उठ्ने हल्ला थियो । तर उनले प्रदेश सभा सदस्यमा लड्ने भन्दै मेयरमा नलड्ने बताएका थिए । पार्टीले टिकट दिएमा सजिलै चुनाव जित्ने कुँवरको विश्वास छ ।

कपिलवस्तुमा हुने पार्टी निकटका बिभिन्न चुनावमा उनले ‘गेम मेकर’ को भूमिका पनि निभाउँदै आएका छन् । उनले कपिलवस्तुका बिभिन्न क्लव तथा संघसंस्थालाई आर्थिक सहयोग गर्ने, बिभिन्न भौतिक संरचना निर्माण गर्ने लगायतका काम गरिरहेका छन् । उनको काठमाण्डौँको महाराजगंजमा गौतम बुद्ध ओभरसिज प्रालि रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ५ : २५ बजे