१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बुद्धभूमि नगरपालिकाले ल्यायो १ अर्व १९ करोड ९५ लाखको बजेट



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आव ०७९/०८० का लागि कुल १ अर्व १९ करोड ९५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।

विहीबार नगरपालिकाको सभाहलमा भएको ११ औं नगरसभामा बुद्धभूमि नगरपालिकाकी उप-प्रमुख मीरा थारुले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उप-प्रमुख थारुद्धारा प्रस्तुत बजेटमा भौतिक पूर्वाधार विकास समिति तर्फ रु.२८ करोड ८९ लाख, आर्थिक विकास समिति तर्फ रु.२ करोड ८९ लाख, सामाजिक विकास समिति तर्फ रु.७ करोड ६६ लाख, बन वातावरण तथा विपद् व्यवस्थापन समिति तर्फ रु.१ करोड ७६ लाख र संस्थागत विकास तथा मानव संसाधन क्षमता विकास तर्फ रु.११ करोड ५५ लाख बराबर रहेको छ ।

यस्तै शशर्त तर्फ बुद्धभूमि नगरपालिकाले रु.६७ करोड ८९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले निशर्त तर्फ रु.५२ करोड ६ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । जुन नगरभित्रका कर्मचारीको तलवभत्तासहितको बजेट रहेको छ ।

शिक्षा, स्वास्थ्यका कर्मचारीको तलवभत्ता सुविधा र बृत्ताभत्ता समेत गरि यो बजेट आएको छ । जसमा चालु बर्षको भन्दा केही बजेट घटेको छ ।

जसमा निशर्तको भौतिक पूर्वाधार तर्फको बजेटमा ४.५ प्रतिशत, आर्थिक विकास समिति तर्फ २.३ प्रतिशत, बन तथा वातावरण तर्फ २.१ प्रतिशत बजेट गत आवको तुलनामा घटेको छ ।

यस्तै सामाजिक तर्फ ४.१ प्रतिशत र संस्थागत विकास तथा मानव संसाधन क्षमता विकास तर्फ ४.७ प्रतिशतले गत आवको भन्दा बजेट बढेको नगरपालिकाद्धारा प्रस्तुत बजेटमा उल्लेख छ ।

नगरसभामा उपप्रमुख थारुले प्रस्तुत गरेको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ र नगर दररेट सर्वसम्मतले विहीबार नै पारित गरिएको नगरका प्रशासकीय अधिकृत राजन पोख्रेलले जानकारी दिनुभयो ।

विहीबार नै नगर प्रमुख केशव कुमार श्रेष्ठद्धारा प्रस्तुत आव ०७९/८० को नीति तथा कार्यक्रम पनि सर्वसम्मत रुपमा पारित भएको छ ।

यो पनि…

बुद्धभूमिको नीति तथा कार्यक्रमः आन्तरिक रोजगारी प्रवर्द्धन देखि श्रमको सम्मानसम्म

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ७ : १४ बजे