१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुद्धभूमिको नीति तथा कार्यक्रमः आन्तरिक रोजगारी प्रवर्द्धन देखि श्रमको सम्मानसम्म



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाले आव ०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ ।

विहीबार ११ औं नगरसभामा नगर प्रमुख केशव कुमार श्रेष्ठद्धारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

नगर सभामा नगर प्रमुखद्धारा प्रस्तुत नीति तथा कार्यक्रमले विभिन्न विषयलाई समेट्ने कोशिस गरेको छ ।

जसमा गौरवका योजनामा निरन्तरता तथा अधुरा योजनाहरू पुरा गर्न उच्चतम जोड दिइएको छ । सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारहरू निमार्णसँगै गुणस्तरीयता वृद्धि, कृषि तथा पशु विकासको आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरणमा नगर प्रमुख श्रेष्ठद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

विपद् सम्बोधन र कार्यालयको सेवा प्रवाह जनमैत्री, प्रविधिमैत्री बनाउने देखि आत्मनिर्भर र उद्यमशीलतामा जोड दिने उद्धेश्य राखिएको छ । सेवा प्रवाहको गुणस्तरीयता अभिवृद्धिलाई प्राथमिकता राखेको बुद्धभूमिले सरोकारवालासँगको फराकिलो साझेदारी अभिवृद्धिमा जोड दिएको छ ।

यस्तै नीति तथा कार्यक्रमको उद्धेश्य गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरूको निर्माणद्धारा समृद्ध ‘बुद्धभूमि र सुखी बुद्धभूमि’ बनाउने छ ।

नगरभित्र उत्पादकत्वमा अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन र श्रमको सम्मान, विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधार, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति नीति तथा कार्यक्रमका लक्ष्य रहेको नगर प्रमुख श्रेष्ठले जनाउनुभयो ।

नगरसभाले विहीबार नै आव ०७९/०८० को बजेट पनि प्रस्तुत गरेको छ । बुद्धभूमिले आगामी आवका लागि १ अर्व १९ करोड ९५ लाखको बजेट ल्याएको छ ।

यो पनि…

बुद्धभूमि नगरपालिकाले ल्यायो १ अर्व १९ करोड ९५ लाखको बजेट

प्रकाशित मिति : ९ असार २०७९ बिहिबार ००:००  ७ : २९ बजे