७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एकीकृत समाजवादीले भन्योः मन्त्रीको नाम हेरफेर हुँदैन



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए।

मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने उनले बताए ।

मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्‍मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए।

प्रकाशित मिति : १२ असार २०७९ आइतबार ००:००  ७ : ५२ बजे