१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गुल्मीको खोला किनारमा बेवारिसे शव फेला



तम्घास ।
गुल्मीको बढीगाड खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ साहाघाटस्थित बढीगाड खोलामा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

शवको लिङग समेत पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय रिडीको टोली गएको र थप अनुसन्धान जारी रहेको दाहालले बताउनुभयो ।

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  २ : ५६ बजे