३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

बैंकर्स क्लब तौलिहवाको नयाँ कार्यसमिति चयन



मायादेवी अनलाइन, बाणगंगा ।
बैंकर्स क्लब तौलिहवाको नयाँ कार्यसमिति चयन भएको छ । तौलिहवा क्षेत्रमा अवस्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा फोरम “बैंकर्स क्लब तौलिहवा” गठन गरिएको हो ।

समितिको अध्यक्षमा गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका राजीव श्रीवास्तव, सचिवमा ग्लोबल आइएमइ बैंकका प्रकाश आचार्य, कोषाध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अविनाश शुक्ला रहेका छन् ।

यसैगरी सदस्यहरुमा अर्पण श्रेष्ठ (लक्ष्मी बैंक), देवेन्द्र केसी (माछापुछ्रे बैंक), नवीन भुसाल (सिटिजन्स बैंक), किरण घिमिरे (सिद्धार्थ बैंक), सन्दिप सापकोटा (एभरेष्ट बैंक), सुरज गुप्ता कसौधन (एनआइसि एसिया बैंक), रविन्द्र पाण्डे (कृषि विकास बैंक), विकाश ज्ञवाली (एनएमबि बैंक), रामप्रित पाल (कामना सेवा विकास बैंक), गोपाल भण्डारी (मेगा बैंक), खिम लाल पुरी (एनसीसी बैंक) का शाखा प्रबन्धकहरु सर्वसम्मतिले चयन भएको क्लवले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ६ : ४८ बजे