८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

नेपाली कांग्रेस कपिलवस्तुले मनायो विपी स्मृति दिवस



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुले पनि ४० औँ विपी स्मृति दिवस मनाएको छ ।

विपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेर कांग्रेस जिल्ला कार्य समितिले तौलिहवा पार्टी कार्यालय परिसरमा बिभिन्न प्रजातीका बिरुवा रोपेर मनाएको हो ।

बृक्षारोपणमा कपिलवस्तु पार्टी सभापति अब्दुल कलाम, जिल्ला सचिव शक्ति सिहं ठकुरी, पार्टीका जिल्ला नेताहरु टेक बहादुर शाही, गणेश बहादुर क्षेत्री, धु्रव नेपाल, सूर्य बराल लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै पार्टी जिल्ला सभापति कलामले विपीको बिचारलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

यता कांग्रेसका क्षेत्रिय समिति र पालिका समितिहरुले पनि स्मृति दिवसको सन्दर्भमा विभिन्न रचनात्मक काम गरेका छन् ।

प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’ को क्षेत्रिय कार्यसमितिले कपिलधाममा वृक्षारोपण गरि विपी स्मृति दिवस मनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७९ शनिबार ००:००  ७ : ३९ बजे