१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित



काठमाण्डौ ।

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एकरएक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।

हिजो भएको अर्को खेलमा भारत बङ्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । श्रीलङ्काको यो लगातार दोस्रो हार हो।

पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतवार र अन्तिम खेलमा बङ्लादेशसँग मङ्गलवार खेल्नेछ ।

फाइनल खेल अर्को शुक्रवार हुनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७९ बिहिबार ००:००  ६ : ५७ बजे