५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुका सामुदायिक वनले कार्बन सञ्चितिकरण बापत आउने रकम वन विकासमा लगानी गर्ने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका सामुदायिक वनले कार्बन उत्सर्जन न्यूनिकरण गरे बापतको रकम वन विकासमा लगानी गर्न तयारी थालेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति कपिलवस्तुले कार्बन व्यापार मार्फत आउने अनुदानले वनको हैसियत वृद्धी गर्न लगाउन अनुरोध गरिएको छ ।

रेडप्लस उत्सर्जन न्यूनिकरण कार्यक्रम अन्तर्गत लाभको बाँडफाँड सामुदायिक सहभागिता र पहुँचको विषयमा शनिवार एक दिने सचेतना कार्यक्रम गरिएको थियो ।

तराईका १३ जिल्लामा सन २०१८ देखि यो कार्यक्रम लागु भएको महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले बताए ।

१३ जिल्लाका वन क्षेत्रबाट कार्वन सञ्चित गरे बापत नेपाललाई प्रति टन ५ अमेरिकन डलर रकम प्राप्त हुने भट्टराईले बताए ।

२०२२ सम्ममा ९० लाख मेट्रिक टन कार्बन सञ्चितिकरण गर्ने योजना अनुरुप काम भएको कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य बालिका बुढाथोकीले कार्बन सञ्चितिकरण मार्फत आउन रकमले सामुदायिक वनको विकासमा लगाएर पर्यापर्यटनको विकासमा जोड दिने बताइन् । कार्यक्रममा गोपाल गिरीले सहजीकरण गरेका थिए ।

विश्व बैंकबाट प्राप्त गर्ने रकम डिभिजन वन कार्यालय मार्फत कार्ययोजना अनुसार उपभोक्ता समूहले प्राप्त गर्ने बताइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ८ : ३४ बजे