६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नेप्से परिसूचक ५४.५८ अंकले वृद्धि



काठमाडौं ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ ।

आइतबार कारोबारमा आएका २२० कम्पनीको एक करोड १३ लाख ३९ हजार कित्ता सेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो ।

नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फाइनान्स उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । लगानी उपसमूह ४.७६ प्रतिशत बढेको छ। अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

आइतबार नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्सको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तर यता, नेशनल हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा २१ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ५ : १७ बजे