२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

विश्वकपका लागि कतारले नेपाली कामदार ल्याउने



दोहा ।
फिफा विश्वकप २०२२ का लागि कतारले नेपालबाट कामदार ल्याउने भएको छ ।

नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरिसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक रोजगारदाता कम्पनीहरूलाई दूतावासको श्रम शाखामा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो अवधिका लागि कतार जाने कामदारहरूलाई श्रम स्वीकृति प्रदान गरेरै पठाउने तयारी थालेको छ।

कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको जानकारी गराएपछि दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो।

आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ७ : १५ बजे