२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेकपा एस अर्घाखाँचीको सचिवालय बैठक बस्यो, यस्ता छन् निर्णय



अर्घाखाँची ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार नेकपा एस जिल्ला पार्टी कार्यालयको सभाहल सन्धिखर्कमा बैठक सम्पन्न भएको हो ।

सचिवालय बैठकले यही श्रावण मसान्त भित्र अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका बैठकहरु आयोजना गरि संगठन निर्माण, सदस्यता बितरण र आगामी संघ र प्रदेशको चुनावी रणनीति समेत तय गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले जानकारी दिए ।

बैठकमा नेकपा एसका केन्द्रिय सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज पिताम्बर भुसाल, केन्द्रिय परिषद सदस्य अनिरुद्र सुवेदी, प्रदेश कमिटीका सदस्यद्वय बिष्णुहरी भुसाल र मोती श्रीपाल, प्रदेश सल्लाहकार परिषद सदस्य सकुर मिया, जिल्ला उपाध्यक्षद्वय सिद्धी प्रसाद भुसाल र सुमित्रा मुखिया, सहसचिवद्वय हृदय कुमार भुसाल र डेम नेपाली, कार्यालय सचिब नारायण भुसाल, सन्धिखर्क नगर कमिटीका अध्यक्ष बद्री भुसाल, भूमिकास्थान नगर कमिटीका इन्चार्ज झबिलाल भट्टराई, मालारानी गाउँ कमिटीका अध्यक्ष डाल बहादुर चौहान लगायतका लगायतको उपस्थिति रहेको कार्यालय सचिव नारायण शर्माले बताए ।

बैठक नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता, जिल्ला कमिटीका सचिव युवराज पौडेलको संचालनमा सम्पन्न भएको थियोे ।

प्रकाशित मिति : १७ श्रावण २०७९ मंगलबार ००:००  ८ : १३ बजे